कोशीको बाढी बस्तीमा पसेपछि सुनसरीको बराहक्षेत्र नगरपालिकाका पाँच सय घर परिवारका २ हजार ५ सय जना श्रीलंका टापुमा फसेका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त जानकारी दिएका हुन् । उनले त्यस क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्ने प्रयास भइरहेको बताएका छन् । कतिपयले भने आफूहरु सुरक्षित नै रहेको भनेर त्यहाँबाट आउन नमानेको प्रजिअ यादवले बताएका छन् ।
यसैबीच कटान गरिएको क्षेत्रमा प्रदेश नम्बर १ का आन्तरिक मामिलामन्त्री केदार कार्की सहितको टोलीले निरीक्षण गरेको छ । मन्त्री कार्की सहितको टोलीले कटान गरिएको स्थान, प्रभावितलाई उद्धार गर्ने तयारी लगायतको विषयमा निरीक्षण तथा अनुगमन गरिएको प्रजिअ यादवले बताएका छन् ।
पीडितलाई आवश्यक राहतको प्याकेज लगायतका विषयमा छलफल गर्न विपद व्यवस्थापनको बैठक पनि बस्ने उनले बताएका छन् ।
प्रतिक्रिया