राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आगामी साउन ३० र ३१ गते काठमाडौंमा बस्ने भएको छ ।
बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीहरूको सचिवालय ,संगठन ,प्रशिक्षण सम्बन्धि प्रतिवेदन , प्रदेश अध्यक्षहरूको साङ्गठानिक प्रतिवेदन , कोषाध्यक्षको आर्थिक प्रतिवेदन, जनवर्गीय संगठनका प्रमुखहरुको प्रतिवेदन, आगामी संघ र प्रदेश निर्वाचनको तयारी र रणनीति बारे बैठकमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।
करिब तीन हप्ताको बेलायत भ्रमण सम्पन्न गरि अध्यक्ष थापा भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया