नागिरता बिधायक फिर्ता गरेपछि , तरुण दलले माग्यो राष्ट्रपतिको राजीनामा


सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर भए पनि पदच्युत गर्न माग गरेको छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले जनतामाथि खेलवाड गरेको भन्दै राजीनामा माग गरेका छन् । राजीनामा नदिए महाअभियोग लगाउनुपर्ने तरुण दलको माग रहेको छ ।

राष्ट्रपतिले सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादा काम गर्न नसकेको आरोप तरुण दलले लगाएको छ ।