Logo

४९ वर्षीय केसीको तीन तले घरमा भिषण आगलागी, छोरी २५ वर्षीया अस्मिताको मृत्यु

गलेश्वर मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आज बिहान आगलागी हुँदा एकको मृत्यु भएको छ भने एक घाइते छन् ।आज बिहान करिब ८ बजे भएको आगोलागीमा परेर आत्मारामकी प्यारालाइसिस र सुस्तमनस्थिति भएकी छोरी २५ वर्षीया अस्मिताको पौने ९ बजे घरमै मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

आगालागीमा परेर सोही घरको हरिशरणकी छोरी १४ वर्षीया नित्मा केसीलाई उद्धार गरी उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि लगिएको उहाँले जानकारी दिनुभयो । बिहान आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, जुद्ध बारुणयन्त्रका दुई दमकल र स्थानीयवासीको सहयोगमा बिहान ९ बजे आगो नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको र क्षति विवरण सङ्कलन जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

यो पनि मेरो त यति छिटै बिहे गर्ने कुनै रहर थिएन तर मैले नमान्दा’नमान्दै पनि बाबाममीले सारै कर गर्नुभयो । कि त मैले उहाँहरू’सँग विद्रोह गर्नुपर्ने भयो कि त उहाँ’हरूले भनेको केटासँग बिहे गर्नुपर्ने भो ! जिन्दगीको सवाल थियोे, यी बुढाबुढी भएका बाआमा त डाँडा’माथिका जूनघाम भइ’सकिहाले !

जिन्दगी काट्नु’पर्ने मैले हो । उहाँ’हरूले जेजे भन्यो त्यही, जोजोसँग भन्यो त्यही’सँग बिहे गर्नुपर्ने भन्ने के छ र ? भनेर मन दह्रो पारेर अहिले म बिहे गर्दिनँ भन्छु भन्ने सोचेर उहाँ’हरू भएको ठाउँमा गएँ । जब मैले म आफ्नो खुट्टामा टेक्ने नभ’इकन बिहे गर्दिनँ भनेँ तब आमा रुन थाल्नु भयो । रुँदै हेर नानी तैले हामीले भनेको केटा’सँग बिहे गरिनस् भने आफू’खुसी गर तर हामी लाई बाआमा भन्नुपर्दैन ! जे मन लाग्छ गर भन्दै भक्कानिन थाल्नुभो । उता बुबाले थप्न थाल्नुभयो, ‘तर एउटा कुरा याद राख्नु आफू’खुसी गर्ने भए यी बूढा बाउ’आमालाई सम्झिनु’पर्दैन ! तेरा लागि हामी मरे सरह हो बुझिस् ?’

बाआमाका कुरा सुनेपछि दह्रो बनाएर गएको मन कतिखेर कम्लि`सकेछ ! थाहै भएन र रुँदै भन्न थालिछु, ‘हजुर’हरू त्यसो नभन्नुस्, म हजुर|हरूले भनेकै केटा$सँग बिहे गर्न राजी छु । अब पि र गर्नुपर्दैन म खुसी भइसकेँ ।’ मैले त्यसो भनिसक्दा बाआमा दुवैको मुहारमा खुसीका रेखाहरू कुद्न थालि`सकेका थिए । एक मन त लाग्यो यी बुढा`बुढीले मलाई फकाउन नाटक गरेछन् कि क्या हो ! होस् अब जेसुकै गरेका हुन्, मैले हुन्छ भनिसकेँ, अब बोली फेर्नुहुँदैन ।

म कस्तो स्वभावकी छु प्रष्टसँग आफैँलाई थाहा छैन तर मलाई नजिक`बाट चिन्नेहरू भन्छन् यो हक्कीकी छे, बोलेको कुरा फेर्दिन पु`याएरै छोड्छे । छोरो भएर जन्मिनुपर्ने ! त्यसदिन यही स्थापित पहिचान`बाट स्खलित भएको महसुस गरि€रहेकी थिएँ ।यो कुरा अरूलाई त थाहा थिएन किनकि मैले विवाहसम्बन्धी आफ्ना इच्छा, आकांक्षा र भावना€हरू प्रकट गरेकी थिइनँ परन्तु मेरो मनले यस`बारेमा धेरै कुरा सोचि`सकेको थियोे, सुन्दर सपनाहरू सजाइ`सकेको थियो । बाआमाको खुसीको लागि म आफ्ना इच्छाहरू`लाई तिलाञ्जली दिँदै थिएँ ।

फेरि मेरो हुनेवाला जीवन€साथी पनि त मैले कल्पना गरेजस्तै ज्ञानी र विवेकशील हुन सक्छ नि ! उसलाई राम्रो€सँग चिनेकी पनि छैन । आफ्ना सन्तानको कुभलो हुनेगरी त बाआमाले त्यस्तो के गर्लान् र ! म सोचमग्न भएर झ्याल`बाट बाहिर हेरिरहेकी थिएँ । निकै€बेर अघि`देखि पानी परिरहेको थियोे । म ओतमा थिएँ तर मेरो मन भने रुझिरहेको थियो ।

अहिलेसम्म बाआमाको काखमा लाड`प्यारमा हुर्केकी म जन्मथलो र आफन्तहरू`लाई चटक्कै छोडेर पराइघर जानुपर्ने ! अहिले€सम्म नदेखेका, नभेटेका वा देखे भेटेकै भए पनि कुनै साइनो नपर्ने, बोलचाल र घनिष्ठता नभएका मान्छेलाई एक्कासि आफ्नो बनाउ`नुपर्ने ! कालान्त`रमा त्यही घर आफ्नो हुने र त्यही घरमा जन्मे, हुर्केकी छोरी पराइघर जानुपर्ने ! यो अन्यायपूर्ण पुनरा`वृत्ति देखेर म अचम्मित भएर सोचाइको सागरमा पौडिँदै थिएँ । उफ !

यो छोरीको जात, अर्काको घरमा गएर सृष्टि चलाइ`दिनुपर्ने ! यो अस`मानता र अन्यायको शृंखला कहिले`देखि चल्न थालेको होला ? छोरीले झैँ छोरा पनि बिहे गरेर अन्यत्र जानु`पर्ने व्यवस्था चाँहि किन नआएको होला ! म चिन्तन गरि`रहेकी थिएँ ।

फेरि केटीले केटा घरमा ल्याउँदा समा€जले कुरा काट्ने र कुरीति बढ्ने हो कि भन्ने डर पनि लाग्यो तर झट्ट सुन्दा अपत्यारिलो लागे पनि जे काम पनि एकादुईले गर्दा त्यो रीतिथिति विरुद्ध हुन्छ, समाज`ले पचाउँदैन तर अधिकांशले त्यही काम गर्न थालेपछि त्यो सामाजिक मूल्य र मान्यता बन्दोरहेछ ।

सदियौँदेखि चलि`आएको चलन मैले मात्रै के फेर्न सक्थेँ र ! तैपनि यही व्यवस्था भित्र पनिआफ्नो रुचि र इच्छा विपरीतका कामहरू चाँहि ज्यान गए गर्दिनँ भनेर अडिग लिने म आज आफ्नै बाआ€मा अगाडि कसरी आत्मसमर्पण गर्न पुगेँ !

मैले हजुर`हरूले जति कर गरे पनि अहिले कसैसँग कुनै हाल`तमा बिहे गर्दिनँ भनेर अड्डी लिनुपर्ने थियोे । आमाको आँशुअघि म कसरी गलेछु ! अनि बाबाको धम्की मिश्रित दबाब`सामु कति नीरिह भइछु ! अहिले सम्झदा पनि आफैँलाई आत्मग्लानि महसुस भइ`रहेको छ, नमीठो भइरहेछ ।

अरू कसैले मलाई कुनै काम गर्न बाध्य बनाउन खोजेको भए ठाडै प्रति`कार गर्न मलाई केही गाह्रो हुने थिएन । पराइभन्दा आफन्तसँग भिड्न धेरै गाह्रो हुँदोरहेछ ! बल्ल अनुभूति गर्दैछु । साथी`भाइहरूले जिस्काउन थाले, पहिलेपहिले कसैले जिस्क्याउँ`दा म तिनीहरूको सातो खाइदिन्थेँ । यस्ता कुरामा मलाई कसैसँग ड’र लाग्दैनथ्यो । अहिले भने जिस्क्याउँदा पनि रातीपिरी हुन थालेकी थिएँ । खै ममा अचा`नक के यस्तो परिवर्तन आउन थालेको हो ! म आफैँ छक्क परिरहेकी थिएँ ।

पहिले ख्याल`ख्यालजस्तै लागेको थियोे तर ख्या`लख्याल के हुन्थ्यो ! बिहेका लागि सामान किन`मेल हुन थाल्यो । विदेशमा रहनुभएका दाइ पनि मेरै बिहेका लागि भनेर घर आउनुभयो । तयारी तीव्रता र धुमधामका साथ हुन लाग्यो म भने अझै पत्याइरहेकी थिइनँ । मैले नपत्याए पनि सब कुरा ठीकठाक तरिकाले सम€यमै भइरहेको थियोे ।

त्यो दिन आयो जसलाई अत्यन्त महत्वका साथ प्रतिक्षा गरिएको थियोे । जन्ती, घरगाँउले, आफन्त र नातेदार`हरूले घर आँगन भरिएको थियो । आँगनको बीचमा चौका बनाइएको थियो र त्यसकै वरिपरि विविध परम्परागत विधि`अनुसार कर्म गरेपछि मलाई अन्माइयो ।

मेरा आँखा एक्कासि रसाउ€न थाले र ह्वाँह्वाँ रु`न थालिछु । त्यसपछि आमा, सानीमा, भाउजूलगायत साथीसंगी पनि रोएजस्तो लाग्यो । मलाई भने घरबाट परपर लगिरहेका थिए । म जन्मघर, आमाबा, आफन्त र परिचितहरू सबैबाट छुट्टिएर टाढाटाढा हुँदै थिएँ । यो सब मलाई नाटकजस्तै लागिरहेको थियोे तर यथार्थै थियो ।

बेलुका`को खाना खाए€पछि मलाई सुत्ने कोठा देखाइयो । ड रा इड राइ कोठामा गएँ । सजि€एको कोठामा एउटा मात्र बिस्तारा थियोे र थियोे त्यसमाथि हातखुट्टा फालेर लमतन्न सुति`रहेको एउटा पुरुष । मेरा स्वामीराजा यिनै हुन् र यो जिन्दगी यिनैसँग बिताउनुपर्छ भन्ने सोचेर ममा एक किसिमको आश्चर्यभाव र रोमाञ्चकता हठात् पैदा भयो ।

विस्तारामा एकदम टक सेतो तन्ना तनक्क तन्काएर मिलाएर बिछ्या€इएको रहेछ, छुँदा पनि दाग लाग्ला जसो गरि । म निकै€बेर उभिइरहेँ । सायद उनी निदाएका रहेछन् क्यारे ! आऊ, बस केही पनि भनेनन् । मलाई उनले बोला`उँछन् कि भन्ने आशा थियोे त्यो म-यो । उनको निद्रा खुलुञ्जेल त यहाँ यसै€गरी उभिएर के होला र भबन्ने सोचि म बिस्तराको छेउमा गएँ । उनी छेउतिर सुतेका थिए, मलाई कु`नातिर ठाउँ राखिदिएका होलान् जस्तो लाग्यो । मस्त निदाएको मान्छेलाई ब्युँझाउनु उचित ठानिनँ तर मेरो अगाडि ठूलो समस्या खडा भयो ।

यस्ता सामान्य कुराहरू त आज अगाडि मैले कहिल्यै समस्याको रूपमा हेरेकी थिइनँ । छेउमा सुत्ने ठाउँ थिएन, कुनापट्टि जान उनी पूरै बाटो छेकेर लम्प€सार थिए । म धर्मसंकटमा परेँ तैपनि अलिकति छेउमा बसेजस्तो गरेँ । केही मिनेट त्यसरी बसेपछि समस्याको दीर्घ`कालीन उपाय सोच्न थालेँ ।

उनलाई डिस्टर्ब नगरि नाघेर कुनामा गएर सुत्ने पनि एउटा विकल्प थियोे तर विवाहिता साथी`हरूले असभ्य देखिने खालका कुनै व्यवहार नगर्नू भनेको सम्झिएँ । नत्र त म नाघेरै जाने थिएँ । हुन पनि हो नाघेर कस€री जानू ! चित्त बुझाएँ र अरू उपाय सोच्न थालेँ । अब उसलाई बोलाउनु प-यो भनेर मन दह्रो पारेँ ।

कसैलाई बो€लाउन मन दह्रो पार्नुपरेको जिन्दगीमा पहिलोपल्ट थियोे । कसैलाई बोलाउन मलाई कुनै गाह्रो काम`थिएन तर तिनै सजिला कामहरू आज मलाई कति गाह्रा भइरहेका थिए म आफैँ आश्चर्यमा परेकी थिएँ । जे होस् हो€स् भनेर छेउमै लेप्सिएर आधी ज्यान विस्तारामा आधी ज्यान बाहिररै पारेर ढल्किएँ ।

बल्ल उनी ब्युँझिए । मलाई त लाग्यो उनी निदा€एकै थिएनन् ! मैले कोठामा सानो बोली पनि नि€कालेकी थिइनँ र एउटै विस्तारामा सुते पनि उनलाई छुन्छ कि झैँ गरेर सकेसम्म नछुनेगरि ढल्केकी थिएँ । छोएकै भए पनि मेरो यति कोमल ज्यानले छुँदा निद्रा नै त अवश्य खुल्ने थिएन जस्तो लाग्यो ।

त्यसपछि उनी बोल्न थाले, अनेक कुराहरू सोध्न लागे । सदा म अरूभन्दा बढ्ता बोल्थेँ तर आज हो, होइन, अँ, हजुरभन्दा बढी बोल्न सकिरहेकी थिइनँ । मेरो पूरै शब्द€भण्डार रित्तिएझैँ भएको थियोे र उनका जिज्ञासाको जवाफ कहिले टाउको हल्लाएर त कहिले मितव्ययी तरिकाले शब्दहरू फारु गरेर बोलिरहेकी थिएँ ।

निद्राबाट भर्खरै व्युँझिएको मानिसले यति धेरै चनाखो भएर गफ गर्नु नपर्ने हो ! अघि नै निदाए झैँ गरेर स्वाङ पारेको ठम्यायो मेरो ब्रह्मले । मान्छे त सारै क पटी रहेछन् जस्तो लाग्न थाल्यो । मेरो मनमा कुतूहलता, ड र र ला जको मात्रा ह्वात्तै बढेको थियो ।

अब के हुने हो, के कसो गर्ने हुन् भनेर कल्पदा मन कहिले रोमाञ्चित हुन्थ्यो भने कहिले ड र पनि लाग्थ्यो । कोठामा विभिन्न देवीदेवताका तस्बिरहरू मि€लाएर टाँसि`एका थिए । अरू त सा|मान्य नै लाग्यो तर टक सेतो तन्ना बिस्तारामा विछ्याइएको मैले कहिल्यै देखेकी थिइनँ र यसमा पनि केही रहस्य हुनुपर्छ भनेर गम्न थालेँ ।

एकप`टक समिताले उसको बिहेको पहिलो रात कुमारित्व परीक्षण गर्न उसका श्रीमान्ले पनि यसैग€री सेतो तन्ना बिछ्या`एको घटना सुनाएकी थिई । यो बेला हामी खुबै हाँसेका थियौँ तर मेरो जिन्दगीमा पनि कुनै बेला त्यो समय आउँछ भनेर सम्झे`की रहिनछु । आज ममाथि पनि त्यस्तै कडा परीक्षण भइरहेको ठम्याउन मलाई केही गाह्रो परेन ।

मैले यी यावत् कुरा`हरू सम्झँदै गर्दा उसले मला€ई आफ्नो अँगालोमा कसिसकेको थियो भने म चाँहि संभावित परिणामको बारेमा सोचेर चिन्तित भ€इरहेकी थिएँ । ऊ जतिजति मलाई उसको बाहु`पासमा कस्दै जान्थ्यो मेरो मनमा उतिउति पुरुष`वादी सोच र अ हं कारप्रति घृ णा बढ्दै थियोे । बाहिर झमझम पानी बर्सिरहेको थियोे तर त्यो पानीले मेरो मनमा स ल्केको आ गो लाई नि भाउन सकिरहेको थिएन ।

म संभावित घटना र परिणा€मबारे सचेत हुँदै त्यसबाट जोगिने उपायह€रू सोचिरहेकी थिएँ । ऊ निकै अघि बढिसकेको थियोे त्यसैले त्यो हुनै लागेको कामबाट त म पन्छिन सक्ने संभावना निकै न्यून थियोे यद्यपि हरसंभव प्रयास गरि`रहेकी थिएँ र यो अन्याय€पूर्ण परीक्षामा सामेल भइसकेपछि पनि सफल हुन चाहिरहेकी थिएँ । मेरो केही लागेन, ऊ मेरो शरीरसँग खेल्न थाल्यो ।

केही सम€यपछि ऊ उठेर शौचालयतिर गयो, ऊ गएपछि मैले सेतो तन्नातिर हेरेँ । बाफ रे बाफ ! रंगिएको थियोे । ऊ केही क्षणमा आयो र त्यो सब देखेपछि दंग`दास परे झैँ देखियो र मुस्कु`रायो । आफैँले तन्ना फे¥यो, फेरि अँगालोमा बेयो । त्यहाँ के भएको थियोे त्यो त सायद मलाई मात्रै थाहा थियोे । मेरो पि रि यड भएको रहेछ । वास्तविकता बताउनुपर्ने आवश्यकता पनि ठानिनँ मैले ।

प्रतिक्रिया दिनुहोस्