चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ ।
बिहान ९ बजे बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरे पनि प्राविधिक कारणले केही ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, लोकतान्त्रिक वाम गठबन्धनका उमेश श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेलबीच प्रतिस्पर्धा छ ।
प्रतिक्रिया