कर्णाली करिडोरको कालीकोट खण्डबाट कर्णाली नदिमा जेसिबी खस्दा दुई जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो साढे १ बजे कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरीखोला नजिकबाट जेसिबी नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटना हुँदा सान्नीत्रिवेणी गाउँपालिका–१ का ३० वर्षीया चरित्र सार्की र वडा नम्बर २ का १६ वर्षीया युवराज बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक शुक्रराज बमले जानकारी दिए।
घटनामा तीन जना बेपत्ता भएका छन्। कैलालीका जेसिबी चालक अन्दाजी २३ वर्षीय कमल सोडारी, सान्नीत्रिवेणी नगरपालिका–१ कालीकोटका १९ वर्षीय उमेश गिरी, सोही ठाउँका १४ वर्षीय रक्तिम कार्की बेपत्ता भएको प्रहरी निरीक्षक बलमे जानकारी दिए। प्रहरीका अनुसार बेपत्ता भएकाहरूको खोजी भइरहेको छ। घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।
कालीकोटका रास्कोट नगरपालिका–७ का १४ वर्षीय मिलन शाही, खाँडाचक्र नगरपालिका–११ का १४ वर्षीया विकास भारती र १४ वर्षीया आशिष भारती घाइते छन्। प्रहरी निरीक्षक बमका अनुसार सन्नीत्रिवेणी–१ अँधेरीखोलामा निर्माणाधी ४८० मेगावाटको फुकोट कर्णाली हाइड्रोपावरको सुरूङ भित्रको पानीको अवस्था जाँच गरी फर्किनेक्रममा कर्णाली प्रदेश २७७२ नम्बरको जेसिबी दुर्घटनामा परेको हो।
जेसिबी सडकदेखि ८० मिटर तल नदीमा खसेको हो। साढे १ बजे नै घटना भएपनि स्थानीयले सवा २ बजे मात्र प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक बमले जानकारी दिए।














प्रतिक्रिया