अदालतको पूर्णपाठ नआउँदासम्म गृहमन्त्रालयबारे केही निर्णय हुँदैन : प्रचण्ड


रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनाएका छन्।

आज भएको पार्टीको स्थायी कमिटी बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका थिए ।
‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ ’
उपाध्यक्ष कृष्णबहादुर महराले भने।