प्रहरीले भक्तपुरको ईजिवे ट्रायल सेन्टरबाट एक जना नक्कली परीक्षार्थी पक्राउ गरेको छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेस्थित ईजिवे ट्रायल सेन्टरमा दोलखा गौरीशङ्कर गाउँपालिका–५ का २५ वर्षीय युवराज खड्काको नाममा दुई पाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिने दोलखा गौरीशङ्कर– ५ कै २३ वर्षीय देवबहादुर श्रेष्ठलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जानकारी दिएको छ ।
प्रहरी सहायक हवलदार भूपेन्द्र कार्कीको टोलीले नियन्त्रणमा लिएको परिसरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिएका छन् । सोही घटनाको वास्तविक परीक्षार्थी युवराज खड्कालाई कार्यालयमा झिकाई थप अनुसन्धानको लागि कार्यालयको हिरासतमा राखिएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया