रविलाई ठुलो झट्का , विजयी घोषित गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै
चितवन – नेपाली काङ्ग्रेस चितवन क्षेत्र न २ का उमेद्धार उमेश श्रेष्ठ निर्वाचन आयोग जाने भएको छ ।
चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिने भएका छन् ।
श्रेष्ठले आइतबार विहान ११ः३० बजे निर्वाचन आयोगमा निवेदन दर्ता गर्ने उनको सचिवालयले जनाएको छ । आयोगले भने छिट्टै उपनिर्वाचन गर्ने निर्णय गरेको छ । मङ्सिर ४ को निर्वाचनमा श्रेष्ठले जम्मा १४ हजार ९८८ मत मात्र पाएका थिए । श्रेष्ठ निर्वाचनमा दोस्रो भएका थिए ।