राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू जेल गएपनि पार्टी अघि बढ्ने बताए । पासपोर्टको विषयमा आफूबाट कमजोरी भएको स्वीकार गरेका उनले आफूले कुनै दुरुपयोग भने नगरेको बताएका छन् ।
आइतबारको पत्रकार सम्मेलनमा उनले आफूले यही विषयमा जेल जान परेपनि पार्टीभने अघि बढ्ने र पाँच वर्षपछि रास्वपाले नै सरकार बनाउने बताएका छन् । ‘म जेल जान परेपनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ’, उनले भने, ‘म बहुलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ । यो बेथितिबाट वाक्क दिक्क भएको बेलामा हामी सरकारमा गएका हौँ ।’
उनले आफूहरू फोहोर सफा गर्नकै लागि सरकारमा गएको पनि बताएका छन् ।
प्रतिक्रिया