अभिनेता पल शाह कारागार मुक्त पछि: कसम पुरा गर्दै, जुरी ठाकुरको कपाल दार्ही काट्ने तयारी
काठमाडौँ – जुरी ठाकुर बिशेष गरी सेलिब्रेटीहरुको हेयर डिजाइनर भनेर प्रख्यात छन् । दिनप्रति दिन चर्चा परिचर्चा कमाइरहेका छन भने पछिल्लो समयमा जुरी ठाकुरले गरेको बाचाले झन् सबैको नजर उनी माथी केन्द्रित रहेको छ । बिसेष गरी अभिनेता पल शाहको निकै नजीक रहेका जुरी पल शाहलाई आफ्नो दाइ मान्छन भने अभिनेता पल शाहले पनि जुरी ठाकुरलाई आफ्नै भाई सम्झदै निकै माया साथ सपोर्ट गर्दै आएका छन भने हेयर डिजाइनर जुरीले जब सम्म अभिनेता पल शाह कारागार मुक्त भैई बाहिर निस्कदैन तब सम्म म मेरो यो दार्ही कपाल काट्ने छैन भनेर कसम खाएका थिए भने अहिले जुरीले गरेका ति बाचा निभाउदै छन् ।
अहिले अभिनेता पल शाह रिहा भैइ सकेका छन् भने सोहि कारणले जुरी ठाकुरले आफ्नो दार्ही कपाल काट्ने तयारी गरेका छन् । आखा भरि आशु लिएर तनहु पुगेका जुरीको मुहार मा अहिले खुशी छाएको छ ।
जुरी ठाकुरले दिएका जानकारी अनुसार खरिबोट नयाँबानेश्वरमा केन्द्रीय कार्यालय संगै जुरी युनिसेक्स पार्लरको नयाँ शाखा काठमाडौं पुरानोबानेश्वरस्थित कात्यायनीचोकमा सञ्चालनमा आएको छ । शाखाको हालै औपचारिक सुरुवात भएकोे छ । पुरानो शाखामा जस्तै गरी नयाँ शाखामा पनि सम्पूर्ण सेवा उपलब्ध हुने जुरीले बताए ।
बिशेष गरी नेपालमा नाम चलेका चर्चित सेलिब्रेटी र सर्वसाधरणको रोजाईमा पर्छ जुरि युनिसेक्स पार्लर । पार्लरले उत्कृष्ट सेवा सुविधा प्रदान गर्दै आएको यसका सञ्जालक जुरी बताउँछन् । शुलभ शुल्कमा सेवा दिनु यो पार्लरको विशेषता हो । पुरुष तथा महिला दुवैको कपाल काट्नेदेखि लिएर फेसियल, कलर लगायत हेयर डिजाइन तथा मेकअपसँग सम्बन्धित सम्पूर्ण सेवा पार्लरमा उपलब्ध रहेको जुरीले बताए ।
जुरी ठाकुरको पार्लरमा सेवा लिनेहरुको प्राय सधैं भिड लाग्ने गर्छ । ‘कलाकारदेखि सर्वसाधरणसम्मलाई एकै ठाउँमा सेवा दिन पाउँदा खुसी लाग्छ,’ उनी भन्छन्, ‘हामीले पारिवारिक वातावरणमा सौन्दर्य सेवा उपलब्ध गराउँदै आइरहेका छौं ।’ यस अगाडि पार्लरमा १२ देखि १५ जना कर्मचारी कार्यरत रहेको समेत जानकारी दिएका छन् ।