नेकपा एमालेका सांसद रघुजी पन्तले खालिस्तानी आन्दोलनकारी अमृतपाल सिंह खोज्न भारतीय सुरक्षाकर्मीहरु अनुमति विनै नेपाल आएर खोजिरहेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपालले कुनै पनि विखण्डन र आतंककारी गतिविधिलाई नसघाउने भन्दै बाह्य देशका सुरक्षाकर्मीलाई अनुमति विना नेपाल आउन नेपालको कानुनले नदिएको बताए ।
उनले अनुमती बिनानै अर्को देशका सुरक्षाकर्मी नेपाल आँउदा नेपालको सुरक्षा संयन्त्रप्रति अविश्वास पैदा भएको बताएका छन् ।
‘वीरगञ्ज र बाँकेको जमुनाहा नाका भएर भारतीय सुरक्षा संयन्त्रका कर्मचारीहरु नेपाल प्रवेश गरेका छन् र उनीहरु अमृतपाल सिंह खोज्न आएका छन् भन्ने समाचारहरु छापिएका छन्’, उनले भने, ‘कुनै पनि बाह्य देशको सुरक्षाकर्मीलाई नेपालको कानुनले नेपालभित्र पसेर त्यसरी खोजबिन गर्ने अधिकार दिएको छैन ।’
प्रतिक्रिया