Logo

रिमा विश्वकर्माले दिईन् मेयर बालेनलाई साथ, विश्वकर्माले फेशबुकमा लेखेकी छिन्-देशको अस्तित्व रहे पो हामी नेपालीको परिचय रहला

काठमाडौं – चर्चित नायिका रिमा विश्वकर्माले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई साथ दिएकी छिन् । पछिल्लो समय हिन्दी फिल्म आदिपुरुषमा नेपालकी छोरी सितालाई भारतको चेली भनिएको सम्वाद राखिएको भन्दै मेयर शाहले नेपालका हलमा भारतीय चलचित्रलाई प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । उनको उक्त निर्णयमा अदालतले अंकुश लगाएको थियो । मेयर शाहले भने आफूले यो सवालमा अदालतको फैसला नमान्ने चूनौति दिएका थिए ।

त्यही सन्दर्भमा नायिका विश्वकर्माले फेशबुकमा लेखेकी छिन्-देशको अस्तित्व रहे पो हामी नेपालीको परिचय रहला, हाम्रो कला, भाषा र संस्कृती रहला। त्यसै पनी एउटा झुर फिल्म नहेर्दैमा मरिने हैन क्यारे।अझ भावना त म मरे पनी मेरो देश बाचीरहोस्… यस्तै वेला हो आफ्ना र पराया चिन्ने। को को अन्तबाट परिचालीत छन् ख्याल गर्नु होला है। आफु त राष्ट्रभक्त परियो #iamwithmayorbalen

प्रतिक्रिया दिनुहोस्