गायक सपुतमाथि रोमानिया प्रहारमा कूटनीतिक नियोगलाई ध्यानाकर्षण


अनलाइन टिभी नेपाल काठमाडौं, पछिल्लो समय सकम्बरी गितबाट बिबादमा आएका प्रकाश सपुतमाथि रोमानियाको एक कार्यक्रममा गित गाइरहेको अवस्थामा दर्शकले उनीमाथि बियरको बोत्तल प्रहार गरेका छन् । बोत्तलले सपुतको टाउकोमा लागेर सानो चोट पनि लागेको स्रोतले जनाएको छ ।

प्रकाश सपुत प्रिती आले र अन्य कलाकारको साथमा सांगीतिक कार्यक्रमका लागि अहिले रोमानिया छन् । रोमानियामा नेपालि दर्शकहरुको उपस्थितिमा भएको याद म्युजिकल फेस्टिभल २ एक सांगीतिक कार्यक्रममा प्रकाश सपुत स्टेज पर्फर्मेन्स गर्दै गर्दा, कार्यक्रम चलिरहेकै अवस्थामा एक युवकले आफुले खाइरहेको आधा बियरको बोत्तलले उनीमाथि आक्रमण गरेका हुन । यो घटनापछि कार्यक्रम एक घण्टा जति उथलपुथल भएको थियो । आयोजकले आक्रमण गरेको ब्याक्तिलाई निगरानीमा लिगी सोधपुछ गर्दा आफुने जानाजान उनिमाथी प्राहार नगरेको र आफु अचेत अवस्थामा रहेको स्पस्टिकरण दिएपनि उनीलाई थप सोधपुछ र कारबाहीको लागि निगरानीमा लिगीएको छ । अहिले यो घटनाको सम्पूर्ण जिम्मेवारी आयोजककै हातमा रहेको छ भने यसमा प्रहरी तथा कारबाहीकोको नीति लागु भैसकेको छैन ।

त्यस्तै गायक सपुतमाथि रोमानियाको कन्सर्टमा भएको आक्रमणको घटनाप्रति आज सोमबार राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले अध्यक्ष रीता थापामगरको उपस्थितिमा भर्त्सना गरेको छ । यो घटना एकदमै अमानवीय, निन्दनीय अराजकीय, तुत्छ र यस्ता घटनाले कलाकारको मनोवल घटाउनुका साथै मानसिक यातना भोग्नुपर्ने समस्या आइपर्न सक्छ जस्ता पक्ष बिज्ञप्तिमा पेश गरिएको छ । संस्थाले दोषीमाथि कडाभन्दा कडा कारवाहीको माग गर्दै घटनालाई दोहोरिन नदिन आयोजकलाई समेत आग्रह गरेको छ ।