आशिष चौधरीको डेब्यू गोलमा पाकिस्तानविरुद्ध नेपाल १-० ले विजयी
काठमाडौं,१२ असार । नेपालले साफ च्याम्पियनसिपको अन्तिम खेलमा पाकिस्तानविरुद्ध १-० को जित निकालेको छ ।
बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा भएको खेलमा नेपालका आशिष चौधरीले अेलको ७९औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । चौधरीले लोकेन लिम्बूको पासमा गोल गरेका थिए । उनको यो डेब्यू गोलसमेत हो ।
समूह चरणबाट बाहिरिसकेको नेपाललाई आजको जित केबल सान्तवना जित मात्र भएको छ । समूह चरण तीन खेल खेलेको नेपाल दुई खेलमा पराजित भएको थियो ।