काठमाडौं, १४ असार । पशुपतिनाथको मन्दिरको जलहरीमा रहेको तत्काली राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाको नाम मेटाइएको छ । पशुपतिमा जलहरी प्रकरणपछि अख्तियारले सुनको नापजाँच गरेपछि जलहरीमा लेखिएको नाम लेखेर राखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बताए ।
हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै मन्त्री किरातीले भने,– ‘जलहरी आज लगाउँदै छ । १३ जनाको नाम रहेछ । मेटाएर लगाउँदै छ । नाम लेखाउनु पनि एउटा भ्रष्टाचार हो । नाम नलेखाइदिएको भए हुन्थ्यो । कति जनाको नाम लेख्दै जाने ? नाम लेखेर पो के हुन्छ र पशुपति भन्दा मान्छे त माथि भइँदैन ।’
प्रतिक्रिया