मेयर बालेनको टिप्पणी : तिम्रो माया पशुपतिको जलहरी जस्तै
काठमाडौं, १४ असार । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह बेला बेलामा सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गरिरहन्छन् । उनी कहिले राजनीति त कहिले सामाजिक विषयमा बोलिरहन्छन् । आज भने उनले कानून र वर्तमान राजनीतिलाई व्यंग्य गर्दै आफ्नो निजी विचार सेयर गरेका छन् ।
उनले लेखेका छन्–
तिम्रो माया पशुपतीको जलहरी जस्तै,
जती घटे पनि, लाग्छ ।
सून , चादी , हीरा जे होस ,
नेपालको कानुन जस्तै ,
जता हराए पनि, कस्ले माग्छ ?