प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा चाहियो : अध्यक्ष ओली
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताउनुभएको छ ।
बुधबार संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधिनता बिपरितको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभई राजीनामा चाहिएको बताउनुभएको हो । ओलीले राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अस्वभनिय र आपत्तीजनक रहेको जिकिर गर्नुभयो ।
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै बिपक्षी दलले बुधबार संघीय संसदको दुवै सदन अवरुद्ध गरेको थियो ।