नायिका आंचल शर्माको चर्को बिबादमा उनको आपत्तिजनक स्पस्टिकरण
आँचलकाे प्रश्न- मैले सुसाइड गरेपछि मात्रै तपाईंहरूले रिप लेखेर मलाई बुझ्ने हाे ?मेरो नाक र शरीरबारे अनेक टिप्पणी हुदा, किन कोहि बोलेनन् ?यातना त मैले भोगिरहेकी छु किन कोहि देख्दैनन ?अव मलाइ बुझ्ने चै मैले सुसाइड गरेपछि हो ?
बेला बेला आफ्नै चिप्लिदो बोलीले बिभिन्न कन्त्रोभर्शीमा फसिरहनी अभिनेत्रीआंचल शर्मा केहि दिन अघिदेखि एक युवककाे शरीरबारे नकारात्मक टिप्पणी (बडी सेमिङ) गरेको आरोप खेपिरहेकी छन्। गत सोमबार आइईसी डिजाइनर्स रनवे १२को प्रतियोगितामा अडिसनको निर्णायक बनेर पुगेकी आँचललले प्रतियाेगी एक युवकलाई ‘केही खाँदैन कि क्या हो, यसलाई माल्निट्रिसन (कुपोषण) भा’छ’ भनेकी थिइन् । आम दर्शकले उनलाई अनेकन गालि गलौच देखि उनको पहिचानमा प्रश्न गरेका थिए।
एक युवककाे शरीरबारे नकारात्मक टिप्पणी (बडी सेमिङ) गरेको आरोपको भुमरीमा परेकी आँचलले धेरै समययता आफैंमाथि चरम् दुर्व्यवहार भइरहेकाे बताएकी छन् । आँचलले आफ्नो नाक र शरीरदेखि उपभोगका वस्तुसम्मलाई लिएर खिल्ली उडाउने, रिस गर्ने काम भइरहेको बताइन् । आचलले यस बिषयमा मिडियासँग स्पस्टिकरण दिएकि छिन, युवकसँग प्रत्यक्ष भेटमा वा उसले सुन्ने गरी नभनेकाले यसलाई बडी सेम भन्न नमिल्ने आँचलको तर्क छ । आफ्नै वजन घटाउनेबारे भइरहेको संवादका बेला युवक आएको र यो संवादलाई उनको सन्दर्भमा जोडेर आलोचना गरिएको उनले बताइन् । यद्यपि, आफूले युवकलाई फोन गरेरै माफी मागेको आँचलको भनाइ छ ।
मेरो अनुहार नदेखिएको जाबो एउटा क्लिप्स सुनेर जनताहरू मलाई बुलिङ गरिरहनुभा’को छ । टिकटक, इन्स्टाग्रामदेखि मलाई असाध्यै यातना आइरहेको छ । मैले खाँदै नखा’को विष लाग्यो । म एउटा जज भ’को प्लेटफर्ममा मैले त्यही नै हेर्ने हो- शरीरमा को बढी मोटो छ, दुब्लो छ वा पातलो छ । तर मैले त्यो केटाको अगाडि भनेको होइन नि त । त्यो पात्रको अगाडि मैले भनेको होइन नि त । बडी सेम भनेको मैले तपाईंको अगाडि तपाईंको शरीरको बारेमा खिल्ली उडाएँ वा नकारात्मक टिप्पणी गरेँ भने पो हुने हो त ।
तर मैले उहाँसँग व्यक्तिगत रूपमा बोलेकै छैन । त्यहाँ त मेरो आफ्नो निजी कुरा भइरहेको थियो । त्यत्रो छोटो क्लिप काटेर उहाँलाई भनेको हो भनेर राख्दा त दर्शकले नकारात्मक सोच्नुभयो । म आफ्नैबारेमा कुरा गरिरहेकी थिएँ । म ५ केजी अझै दुब्लाउँछु भन्दै गर्दा ठ्याक्क उहाँ आउनुभयो, ‘यतिको दुब्लो ?’ भन्दा मैले यो त अति दुब्लो भयो, यति दुब्लायो भने त कुपोषण भन्छ भनेँ । मैले न त्यो व्यक्तिलाई तोकेर भनेको, न मैले उहाँसँग एक शब्द बोलेको । कसरी त्यो बडी सेमिङ भयो ?
बडी सेमिङ त ममाथि भइरहेको छ । मेरो नाकको बारेमा विभिन्न चर्चा हुन्छ त खै कसैले यसमा आपत्ति जनाउनुभएन कहिले पनि । म दुब्लाएर छ्याक्रयाक्क देखियो, मोटाएर मोटी देखियो भनेर विभिन्न समाचारहरूमा आउँथ्यो त । कोही अडियन्सलाई यो कुराले मतलब भएन ।एउटा मान्छेले आएर बोल्दैमा यत्रो खेदो मलाई ? मात्र म पब्लिक फिगर भएका कारणले ?
मैले ती व्यक्तिलाई भनेँ पनि- मैले तपाईंसँग एक शब्द बोलेकै छैन । तपाईंसँग मेरो कुरै भएको छैन । कसरी बडी सेम भयो भनेर । मैले उहाँलाई कल गरेर मेरो भनाइले तपाईंलाई अलिकति पनि हर्ट गरेको छ भने माफी दिनुस् भनेँ । उहाँले ‘ए दिदी झुक्किएछ, मलाई साथीले पठायो, मैले हतारहतार हालीहालेँ, थाहा नै भएन भन्नुभो ।
मिडियामा कहिले पनि मेरो बारेमा राम्रो खबर आउँदैन । जहिले पनि तार्गेट नै गरिन्थ्यो । यो एउटा विषय निस्क्यो, झनै तार्गेट गर्ने मौका पाउनुभयो उहाँहरूले । मेरो कुरै नसुनी अडियन्सले पनि तार्गेट गर्नुभयो । मेरो लगाई, खाइमा दिन्परतिदीन खेदो गर्नुचाहिँ ह्यारेसमेन्ट होइन ? योचाहिँ बुलिङ होइन ? मलाई गरिरहेको चाहिँ बडी सेम होइन ?
एउटा केटाका लागि यत्रो आक्रोशित हुने जनता मेरो लागि खै त बोलेको ? मलाई उहाँहरूले दुर्व्यवहार गरिरहनुभएको छ त । अहिले मलाई यातना दिइरहनुभएको छ त । वास्तविक पीडित म हुँ ।घटनापच्चात यहा अनेकन गालि अप्सब्दा, मेरो परिवार र अनेकान कुराहरु जोडेर बिरोद गरिरहहने ?
गल्तिको पर्यच्चित गरि माफी मागीसक्दा पनि दर्शक ले मलाई कहिले बुझ्ने के अव मलाई मानसिक तनाव भएर सुसाइड गर्यो भने मात्र बुझ्ने ?