प्रधानमन्त्री मोदि नेपालको भुभागमा सुटुक आय पछि संसदमा रबि लामिछानेले सरकार संग जवाफखोज्दै
काठमाडौं,२५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लिपुलेक कालापानी क्षेत्रमा आएकोबारे सरकारसँग जवाफ माग गरेका छन्
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले छिमिकी मुलुकको प्रधानमन्त्री आउँदा सरकारले किन औपचारिक कार्यक्रम नराखेको ? भन्दै प्रश्नसमेत गरे ।
उनले भने, ‘छिमेकी राष्ट्रका प्रधानमन्त्री हाम्रो भू-भागमा आउनुभएको रहेछ । छिमेकी राष्ट्रको प्रधानमन्त्री आउँदा न सरकारको कुनै स्वागत गरेको छ । न देशलाई जानकारी गराएको छ । यत्रो ठूलो भ्रमण । कुटी, गुन्जी चुच्चे नक्साभित्रै पर्छ । यसको आधिकारिकताका लागि हामीले त्यहाँ प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्दा हामीले थाहा पायौं हामी जान पाउँदैनौं भन्नुभयो । सरकार र परराष्ट्रमन्त्रीलाई सोध्न चाहन्छु छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे सरकारले सदन र जनतालाई जानकारी गराउनु पर्दैन ? छिमेकी राष्ट्रको सरकारप्रमुख हाम्रो भूमिका आउँदा सरकारले स्वागत गर्नुपर्दैन? त्यसको औपचारिकता हुँदैन । त्यसबारे सरकारले जानकारी गराउनुपर्यो ।’
भारतीय प्रधानमन्त्री मोदीले हालै नेपालको कालापानी क्षेत्र हुँदै कैलाश पर्वत र पार्वती सरोवर दर्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, उक्त दर्शनबारे नेपाल सरकार र त्यहाँको प्रशासनले भने कुनैपनि जानकारी नभएको बताएको छ ।