काठमाडौं। ‘ध्यानद्वारा उर्जा जागरण कार्यशाला’लाई स्वजागरण अभियानका रुपमा मातहतका सबै निकाय, सबै तहका कर्मचारी र कैदीबन्दीसम्म पुर्याउने गृह मन्त्रालयको चरणबद्ध अभियान अन्तर्गत शनिबार योग कार्यशालाको अर्को शृङ्खला सुरु भएको छ।
सशस्त्र प्रहरी बलको मुख्यालय हलचोक परिसरमा आयोजित ‘ध्यानद्वारा उर्जा जागरणको दोस्रो एक दिवसीय कार्यशाला’को उद्घाटन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्नुभएको छ।गृह मन्त्रालयअन्तर्गत अघिल्लो कार्यशालामा छुटेका, राजपत्र अनंकित, श्रेणीविहीन र सुरक्षाकर्मीसहित दुईसय ४५ जना कर्मचारी कार्यशालामा सहभागी हुनुहुन्छ। यसअघि अधिकृत र सोभन्दा माथिल्ला कर्मचारीका लागि असौज छ गते पहिलो कार्यशाला सम्पन्न गरिएको थियो। कार्यशालाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो।
गृह मन्त्रालय र ‘जीवन बिज्ञान’को संयुक्त सहकार्यमा आयोजित आज दिनभरी नै संचालन हुने योग
कार्यशालामा योगाभ्यास, प्राणायम र उर्जा ध्यानबारे प्रशिक्षण हुनेछ। ‘जीवन बिज्ञान’का एलपी भानु शर्मा र रमेश नेपालले प्रशिक्षण दिनुहुनेछ।
प्रतिक्रिया