गोली लागेका स्कुल सञ्चालक सराफको उपचारको क्रममा निधन


अनलाइन टिभी नेपाल काठमाडौं, अज्ञात समूहको गोली लागेर घाइते भएका स्कुल सञ्चालक रुपेश सराफको उपचारको क्रममा निधन भएको छ।

सोमबार दिउँसो सराफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो । गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी गराएका छन् ।
सराफको टाउको र छातिमा ३ राउण्ड गोली लागेको थियो।