अनलाइन टिभी नेपाल काठमाडौं, भूकम्पले थला परेको जाजरकोटमा धमाधम अस्थायी आवास बन्न थालेका छन् । सुरक्षाकर्मीको सहयोगमा जाजरकोट खंलगामा अस्थायी आवास बनाउन थालिएको हो ।
विभिन्न निकायको सहयोगमा आएको टेन्टहरु सुरक्षाकर्मीहरुले अस्थायी आवासका लागि निर्माण गर्न लागेका हुन् । अहिले जाजरकोट खंलगा थाप्लेस्थित त्रिभुवन माध्यमिक विद्यालयमा १० वटा अस्थायी आवास बनाइएको छ । १ वटा आवासमा १६ जना सुत्न मिल्नेछ । सुरक्षाकर्मीले रुकुम पश्चिम र जाजरकोटका विभिन्न पालिकाहरुमा अस्थायी आवासहरु निर्माण गर्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख ९ डिआइजी भिम प्रसाद ढकालले बताए । भूकप्पका कारण यस क्षेत्रका अधिकाँध घरहरु पूर्ण रुपमा भत्किएका छन् । जाजरकोट र रुकुम पश्चिममा कति घरहरु भत्केको भन्ने पूर्ण विवरण एकिन हुन बाँकी छ ।
प्रतिक्रिया