काठमाडौं। सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि भन्दै प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । गोली लागेर मृत्यु हुनेमा बरहथवा–५ का जयशंकर शाह रहेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बरथहवा नगरपालिका मेयरको घरमा आगजनी गरेपछि शुक्रबार(आज) गोली चलाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपेन्द्र पञ्जियार थारूले बताउनुभयो ।
स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्यकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।
प्रहरीका अनुसार घटनामा ७ जना प्रहरी पनि घाइते भएका छन् ।
प्रतिक्रिया