Logo

भिजिट भिसालाई सहज र व्यवस्थित बनाइने

भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गर्न आज गृहमन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्रीसहित श्रममन्त्री, गृह/परराष्ट्र/शिक्षा/श्रम सचिव र सम्बद्ध पदाधिकारीको बैठक सम्पन्न भएको छ।

बैठकले यसबारे छिट्टै नयाँ निर्णय गर्नु आवश्यक ठानेको छ र प्रधानमन्त्रीसँगको परामर्श एवम् निर्देशनपश्चात् अन्तिम निर्णय गरिने निष्कर्ष निकालेको छ।

बैठकमा प्राप्त सुझाव सहित आवश्यक प्रस्तावको तयारी गर्न उपप्रधानमन्त्री एवम् गृहमन्त्रीले अध्यागमन विभागलाई निर्देशन समेत गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्