सन्दीपको बचाउमा उत्रिए महेश, मुद्दा फिर्ता लिन सरकारलाई सुझाव


UML leader Mahesh Basynet speaking at an interaction programme in Kathmandu, on Tuesday, December 19, 2017. Courtesy: Reporters Club
काठमाडौं, ३ माघ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले क्रिकेट सन्दीप लामिछानेको मुद्दामा जनताको भावना बुझ्न आवश्यक रहेको बताएका छन् । आज (बुधबार) काठमाडौंमा युवा संघद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले लामिछानेमाथि अन्तर्राष्ट्रिय शक्ति र प्रतिस्पर्धीका रुपमा उभिएकाहरुको चलखेल पनि हुनसक्ने भन्दै सरकारले सन्दीपबारे जनताको भावना पनि बुझ्न आवश्यक रहेको बताएका हुन् । सरकारले परिआउँदा मुद्दासमेत फिर्ता लिनुपर्ने उनको भनाइ छ ।

‘यस्ता खालका मुद्दाहरुलाई नेपाल सरकारले परिआउँदा फिर्ता लिने तहसम्म पनि सोच्नुपर्छ की ? आम जनताको भावनालाई ध्यान दिनुपर्छ की ? खेलकुद जगतको होनाहार व्यक्तित्वलाई त्यो ढंगले लिन हुँदैन की भन्ने कुरामा सम्बन्धित निकायको ध्यान राख्नुपर्छ की ?’ उनले जिज्ञासा राखे ।