४ माघ । जसको कोहिहुदैन उस्को भगवान हुन्छ्न जन्मपछि मृत्यु निश्चित छ । तर अल्पायुमैं हुने मृत्युले परिवारलाई धैरै शोकाकुल बनाउने गर्दछ । त्यो भन्दा ठुलो पिडा त परिवारको जिम्मेवारी र ठुलो सपना बोकेर बिदेशिएका नेपालीहरुले अकालमैं बिदेशमैं मृत्यु बरण गर्नु पर्दाको पिडा भयावहा हुने गर्दछ । परिवारको एउटा खम्बा ढलेको पिडा त छदैंछ त्यो भन्दा अझैं ठुलो पिडा आफ्नो मान्छेको शव देख्न नपाउनु र अन्तिम संस्कार गर्न नपाउनुको पिडा छुट्टै हुन्छ । कमाउन गएको छोरा त फर्किएन अन्तिम पटक उसको लाश हेर्न नपाउँदाको पिडा उसलाई मात्र थाहा हुन्छ जसलाई यो पिडा परेको छ । यो पिडाको हामी अनुमान सम्म गर्न सक्दैनौं ।
आफ्नो मान्छेको शव कहिले आउला भनेर महिनौं,बर्षो कुर्ने परिवार समेत छन् । कतिलाई बिदेशमा मृत्यु भएको शव ल्याउन के गर्नु पर्छ भन्ने सम्म थाहा हुदैंन । यहि पिडामा सयौं परिवारको मलम बनेकी एक पात्र हुन् साबित्री अधिकारी । हो जसको कोही हुदैन उसको भगवान हुन्छ भनेझैं सयौं परिवारको लागि भगवान साबित भएकी छिन् साबित्री अधिकारी । बिदेशमा मृत्यु भएका र मृत्यु पश्चात उक्त शवलाई नेपाल ल्याउने काम निकैं कठिन काम हो । मानवसेवाको भावले निश्वार्थ रुपमा बर्षो देखि यही काममा सक्रिय भई रहनु सामान्य काम होईन् । यो जो कोहीले गर्न सक्दैन । आजको दिनसम्म अधिकारीले सयौं शव लाई नेपालमा ल्याएर परिवारलाई बुझाउने काम गरि सक्नु भएको छ । उहाँले यो कामलाई आफ्नो प्रणा रहेसम्म गरि रहने प्रतिज्ञा गर्नु भएको छ ।
परिवारको भबिष्य बनाउने सपना बोकेर बिदेशिएको नेपाली बाकसमा फर्किनु पर्दाको पिडा त छर्दैछ तर परिवारमा कमाउने मियो ढल्दा अन्तिम संस्कार गर्ने समेत पैसा नहुने परिवार लाई अधिकारी आफैले अन्तिम संस्कार गर्ने प्रबर्दन तथा ब्यवस्था मिलाई दिनु हुन्छ । अधिकारी मतृक शवको अन्त्येष्ट्रि सम्म मृतकको परिवार सँगै बसेर उनीहरुलाई हरेक काममा सहयोग गर्नु हुन्छ । केही महिना अगाडी रामेछाप पुरानो गाँउका २९ बर्षिय राजेश बोहोराको साउदी अरबमा मृत्यु भयो । परिवारले धेरै दिनसम्म राजेशको शव आउने प्रतिक्षा गरि रह्यो तर महिना बित्यो आउन सकेन । त्यतिकैंमा साबित्री अधिरीकारले कुनै माध्यम बाट राजेश बोहोराको शव साउदी अरबमा रोकिएको थाहा पाउनु भयो । उहाँले उक्त कुरा थाहा पाउन साथ आफ्नो अनुभव अनुसार १०\१२ दिन भित्रै राजेश बोहोराको शव नेपालमा ल्याई परिवारलाई बुझाउनु भयो ।
२९ बर्षको अल्पायुमैं आफ्नो सन्तान गुमाउनुको पिडा परिवारलाई छुट्टै थियो । तर त्यो पिडाको बिचमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परिवारले आँखा भरि आःशु बोकेर एक नासले साबित्री अधिकारीलाई हेरी रहेको थियो । उनीहरु सँग बोल्ने शब्द थिएन । तर पनि आःशुले भरिएको त्यो आँखाले साबित्री अधिकारीलाई धेरै कुरा भन्न खोजेको बुझिन्थियो । साबित्री अधिकारीले पनि राजेश बोहोराको परिवारलाई अन्तिम सम्म साथ दिनु भएको थियो । साबित्री अधिकारी भन्नु हुन्छ बाचुनजेल यो समाजको लागि र समाजलाई केही दिएर मात्र जानू पर्छ, मैले कसैलाई जिबित्तै छँदा खुसी दिन सकिन तर आफ्नो मृतक सन्तानलाई अन्तिम पटक हेर्न नपाउँदा पिडामा परेका र तड्पिएका लाई मैले मलम लगाउन पाँउदा मानवले धर्म गर्न मन्दिरनैं जानु पर्छ भन्ने छैन “कर्म राम्रो गरे धर्म कमाइन्छ” कसैको पिडा बुझेर मलम लगाउने काम गरे सबै भन्दा ठुलो धर्मनैं त्यही हुने अधिकारी बताउनु हुन्छ ।
सरल र सामान्य जीवन शैली भएकी साबित्री अधिकारी जनताकै स्तरमा हिड्ने, अन्याय परेकालाई न्याय दिने र समस्या परेकालाई साथ दिने,जहाँ कसैको नजर पुगेको हुदैंन त्यहाँ पुगेर जनताको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने,अस्पताल देखि मसानघाट सम्म पुगेर सहयोग गर्ने कामको हुटहुटि भएकी बरिष्ट समाजसेवीको पहिचान बनाउनु भएकी एक सबल,असल र अटल पात्र हुन् सावित्री अधिकारी भन्दा यसमा कसैको दुईमत नहोला । उहाँले गर्नु भएको सामाजिक कामले अधिकारीलाई थुप्रै संघसंस्था तथा राज्यले धेरै पटक सम्मान त गरेको छ तर उहाँ आफुले पाएको सम्मान भन्दा हरेक नागरिकले निश्वार्थ भावले सामाजको काम गर्ने हो भने देश बन्न समय नलाग्ने बताउनु हुन्छ । साबित्री अधिकारी समाजको लागि सधैं उदाहरणिय पात्र बनि रहोस् उहाँलाई हाम्रो पनि साथ सहयोग र शुभ कामना ।
प्रतिक्रिया