काठमाडौं, १५ चैत । राजदुत अब्रारले नेपाल र पाकिस्तानबीच अपराध नियन्त्रण सम्बन्धी सम्झौता हुन बाँकी रहेका समझदारी–पत्र (MoU’s) उपर छलफल गर्न र पाकिस्तानबाट क्रिकेटसहितका खेलकुदमा क्लवस्तरमा समन्वय र सहकार्य गरी नागरिकस्तरसम्म असल सम्बन्ध स्थापित गराउन जोड दिनुपर्ने बताउनुभयो ।
पाकिस्तानी राजदूतले नेपाल र पाकिस्तानबीचमा उच्च तहको भेटघाट गराइ परस्पर जनसांख्यिक र सांस्कृतिक लाभ हासिल गर्ने विषय पनि राख्नुभयो। साथै, युवाहरुको ढुकढुकी र परिवर्तनको संवाहकका रुपमा स्थापित हुन सकेकोमा गृहमन्त्रीलाई बधाई दिनुभयो ।
गृहमन्त्रीले भर्खर सम्पन्न निर्वाचनले स्थायी सरकार र शान्ति स्थापनामा उल्लेख्य योगदान गर्ने विषयमा आफू विश्वस्त रहेको बताउँदै पाकिस्तानी जनताप्रति शुभेच्छा व्यक्त गर्नुभयो। उहाँले लगानीका लागि नेपाल उपयुक्त देश रहेको र त्यसका लागि आवश्यक नीतिगत सुधार र भरपर्दो सुरक्षालगायतका प्रबन्ध गरिने भन्दै पाकिस्तानी लगानी भित्र्याउन समन्वयात्मक भूमिकाको अपेक्षा गर्नुभयो।
प्रतिक्रिया