Logo

इलाम-२ मा डम्बरलाई पछि पार्दै ३४५ मतले अघि लागे सुहाङ रास्पा अन्तिममा (हेर्नुहोस भिडियो सहित)

काठमाडौं,१६ वैशाख । शनिबार भएको उपनिर्वाचनअन्तर्गत इलाम २ को मतपरिणाम आउनेक्रम जारी छ ।

फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १, २ , ३ र ४ को मतगणना सकिएको हो जसअनुसार पछि परेका नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । तीन वडामा लिड गरेका कांग्रेस उमेदवार डम्बर खड्का दोस्रो स्थानमा झरेका छन् ।

सुहाङले ३४६ मतले अघि लागेका छन् । वडा नम्बर ४ मा १,७१८ मत झरेको थियो । त्यो मतमध्ये सुहाङलाई ९१२ गएको छ । यहाँ कांग्रेसका खड्काले ५३९ मत पाएका छन् ।

एमालेले २,५४२ , दोस्रो दल कांग्रेसले २,१९६, स्वतन्त्र उमेदवार थेगिमले ५९३, रास्वपाले ३७९ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्