नेपाली विद्यार्थी आन्दोलनको गौरवपुर्ण दिन जेठ १ गते अनेरास्ववीयू (क्रान्तिकारी) ले डिजिटल खुल्ला बक्तृत्वकला प्रतियोगिता गर्ने भएका छन् । ५९ औं विद्यार्थी दिवसको अवसरमा अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा ‘समृद्ध नेपालको आधार शिक्षा र रोजगार” विषयक डिजिटल खुल्ला बक्तृत्वकला प्रतियोगिता हुने संगठनका सचिव उपदेश यादवले जानकारी दिएका छन् ।
बक्तृत्वकला प्रतियोगिताको समन्वयको जिम्मेवारी संगठनका उपाध्यक्ष पवन कार्किलाइ जिम्मेवारी दिइएको र खुल्ला डिजिटल बक्तृत्वकला प्रतियोगितामा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज हिमाल शर्मा, त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा. केशव भुसाल, नेपाल प्रज्ञा परिषदका प्राज्ञ परिषद सदस्य बाबा बस्नेत ३ सदस्यीय निर्णायक समिति रहेको नेता उपदेश यादवले बताए ।
प्रथम हुने लाई ५९०००/- , दितिय हुने लाई ३९०००/- र तृतीय हुनेलाई १९०००/- पुरस्कार राशि तोकेका छन् साथै सान्तवना पुरस्कार स्वरुप रु ९०००/- पुरस्कार राशी दिने निर्णय गरेका छन् । “समृद्ध नेपालको आधार शिक्षा र रोजगार” शीर्षकमा अधिकतम समय ५ (पाँच) मिनेटको भिडियो हुनुपर्ने र उभिएर शरिरको पुर्ण भाग देखिने गरी आफ्नो विषय प्रस्तुत गरिएको (बढिमा ५ मिनेटको) वक्तृत्वको भिडियो हुनुपर्ने र प्रतियोगितामा निर्णायक समितिको निर्णय नै अन्तिम हुने सर्त रहेको छ । सहभागीहरुले प्रतियोगिताको निम्ति तयार गरेका भिडियो अखिल (क्रान्तिकारी) को आधिकारिक इमेल akhilr2022@gmail.com मा बैशाख १६ गते देखि २५ गते बेलुका ७:०० बजे सम्म पठाइ सक्नु पर्ने छ । भिडियोहरु बैशाख २६ गते देखि संगठनको अफिसियल पेजमा प्रशारित गरिने र प्रसारित भएका भिडियोहरुमा बैशाख ३० गते बेलुका ११.०० बजे सम्म आएका लाईक, शेयर, भिउज र अनलाइन भोटिङको परिणाम लाई मात्रै मान्यता दिइने निर्णय गरेका छन् । नेपाली विद्यार्थी आन्दोलनको गौरवपुर्ण दिन जेष्ठ १ गते विद्यार्थी दिवसको अवसरमा नतिजा सार्वजनिक र पुरस्कार वितरण गरिने नेता यादवले बताए ।
प्रतिक्रिया