काठमाडौं – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याउने तयारी गरिएको छ । नागरिकता विवादमा जिल्ला अदालत धनुषाको अनुमतिले थुनामा रहेका सिरोहियालाई काठमाडौं ल्याउन लागिएको हो ।
थुनामा रहेका सिरोहिया उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि केहिदिनदेखि जनकपुरको काब्या अस्पतालमा उपचाररत छन् । उनलाई स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि एयर लिफ्ट गरेर काठमाडौं ल्याउने तयारी गरिएको जनाइएको छ ।
प्रतिक्रिया