काठमाडौं– आइसिसि टि–२० विश्वकप खेल्न अमेरिका जानका लागि फेरिपनि सन्दीपको भिसा रिजेक्ट भएको छ । बिहिबार नेपालस्थित अमेरिकी दुतावासमा विश्वकप खेल्न जान भिसाका लागि सन्दीप लामिछाने अन्तर्वाता दिन गएका थिए ।
यसअघि पनि अमेरिकी दुतावासले सन्दीपलाई भिसाका लागि अन्तर्वातामा बोलाएर भिसा दिएको थिएन । सन्दीप आइसिसि टि– २० विश्वकप खेल्नको लागि अमेरिका जान भिसा नदिएपछि बुधबार सन्दीपका समर्थकले भिसाको माग गर्दै प्रदर्शन गरेका थिए । माइतिघर मण्डलाबाट प्रदर्शन सुरु गरेका समर्थकले बालुवाटारसम्म प्रदर्शन गरेका थिए । विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले पनि नोट लेखेको थियो ।
तर बिहिबार पनि दुतावासले अन्तर्वातामा बोलाएर सन्दीपलाई भिसा नदिएको हो । भिसा नपाएपछि आइसिसि टि– २० विश्वकप उनले खेल्न नपाउने पक्कापक्की भएको छ ।
प्रतिक्रिया