कप्तान रोहितले बनाउने हरेक रनबापत पाँचवटा विरुवा रोप्ने ई–सेवाको घोषणा


काठमाडौं– आइसिसी टि–२० विश्वकपटमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले बनाउने हरेक रन बापत ई–सेवाले विरुवा रोप्ने भएको छ ।

सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत कप्तान पौडेलले विश्वकपमा बनाउने हरेक रनबापत विरुवा रोप्ने ई–सेवाले प्रतिबद्धता जनाएको छ । ई–सेवाले आफ्नोको ब्राण्ड एम्बेस्डर तथा कप्तान पौडेलले विश्वकपमा बनाउने हरेक रनबापत पाँचवटा विरुवा रोप्ने जनाएको हो ।

आइतबारबाट टि–२० विश्वकप सुरु हुँदैछ । नेपाल विश्वकप समुह ‘डी’ अन्तर्गत नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, बङ्गलादेश र श्रीलङ्कासँग छ । नेपालले विश्वकपअन्तर्गतको पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्दैछ ।