Logo

बजेट ल्याउने समयमा व्यस्थ भएको भन्दै बालेनले गरे सिंगापुर भ्रमण रद्द

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सिंगापुर भ्रमण स्थगित गरेका छन् । बजेट आउने समय भएकाले कार्यव्यस्थताको कारण सिंगापुर जाने योजना रद्द गरेको बालेनको सचिवालयले जनाएको छ ।

२० देखि २२ जेठसम्म सिंगापुरमा हुन लागेको नवौं वर्ल्ड सिटी समिटमा भाग लिन बालेन सिंगापुर जाने भएका थिए । सिटी समिटमा भाग लिन सिंगापुर भ्रमणका लागि बालेनले मन्त्रिपरिषद्को स्वीकृति माग गरेका थिए ।

बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले भ्रमणको लागि स्वीकृती दिइसकेपछि बालेनले कार्यव्यस्थताको कारणभ्रमण रद्द गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्