काठमाडौं– आइसिसी पुरुष टि–२० विश्वकपमा नेपालको पहिलो खेलको टुँडिलेलमा प्रत्यक्ष प्रसारण हुने भएको छ । मंगलबार काठमाडौं महानगरपालिका र ओपन डोर्स इन्टरटेन्मेन्टको सहकार्यमा टुँडिखेलमा नेपाल र नेदरल्यान्ड्स बिच हुने खेलको प्रत्यक्ष प्रसारण आयोजना हुन लागेको हो । साँझ ५ बजेदेखि टुँडिखेलमा निःशुल्क प्रवेशको समेत व्यवस्था गरेको आयोजकले जनाएको छ ।
साे दिन खेलको प्रत्यक्ष प्रसारणका साथै सांगितिक प्रस्तुतिको व्यवस्था समेत रहने आयोजकले जनाएको छ । इन्दिरा जोशी, रचना रिमाल, महेश काफ्ले, भ्योमाले सांगीतिक प्रस्तुती दिन लागेका हुन् ।
मंगलबार अर्थात जुन ४ मा संयुक्त राज्य अमेरिकामा नेपाल र नेदरल्याण्ड्स भिड्दैछन् । खेल नेपाली समयअनुसार ९ः३० बाट सुरु हुँदैछ ।
प्रतिक्रिया