उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेद्वारा काभ्रेको पनौतीमा निर्मार्णाधिन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको स्थलगत अनुगमन (हेर्नुहोस भिडियो सहित)


उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेद्वारा भारत सरकारको सहयोगमा काभ्रेको पनौतीमा निर्मार्णाधिन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको स्थलगत अबलोकन। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, गृह मन्त्रनलका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँबर पनि सहभागी।

सो क्रममा भारत सरकारको सरकारी निकाय Center Public Works Department (CPWD) का इन्जिनियर राजेश कुमारले आयोजनाबारे विस्तृत जानकारी गराउनु भएको थियो। संक्षिप्त छलफलमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले आफ्नो तर्फबाट गर्नुपर्ने कामलाई नेपाल सरकारले तीब्रता दिए निर्धारित समयमै निर्माण सम्पन्न गरी आयोजना हस्तान्तरण गर्न भारत तयार रहेको जानकारी दिनुभयो।

प्रतिउत्तरमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले आयोजनामा नेपाल सरकारले गर्नुपर्ने कामलाई थप समन्वयात्मक र गति दिन आफूले पहल गर्ने तथा तत्काल सबै सरोकारवालाबीच छलफल गराएर चेक लिष्टअनुसारका कामलाई प्राथमिकता दिइने प्रतिवद्धता व्यक्त गर्नुभयो। ‘आयोजना निर्धारित समयमै सम्पन्न गर्न नेपाल सरकारका तर्फबाट गर्नुपर्ने लगानी, समन्वय र सहजीकणमा कमी हुँदैन’ मन्त्री लामिछानेले भन्नुभयो।