१० वर्षपछि आज नेपालले विश्वकप खेल्दै


DALLAS, TEXAS – JUNE 03: Rohit Paudel of Nepal speaks during a press conference during a net session as part of the ICC Men’s T20 Cricket World Cup West Indies & USA 2024 at Grand Prairie Cricket Stadium on June 03, 2024 in Dallas, Texas. (Photo by Matt Roberts-ICC/ICC via Getty Images)

काठमाडौं– आइसिसी पुरुष टि–२० विश्वकपमा नेपालले पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । अमेरिकाको डलासमा हुने खेल नेपाली समय अनुसार आज राति सवा ९ बजे सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् ।

नेपाल १० वर्षपछि आज विश्वकपमा खेल्दैछ । नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो । नेपाल रहेको विश्वकपको समूह ‘डि’ मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स छन् । नेपालले दोस्रो खेल ११ जुनमा श्रीलंकासँग खेल्ने तालिका छ।