बिबिसी न्युज– पश्चिम अफ्रिकाको मालीको राजधानी बमाकोमा बस्ने एक महिलाले एकैपटक ९ जीवित सन्तानलाई जन्म दिएकी छिन् । बमाकोकी हालिमा चिस्सले मे २०२१ मा एकैपटक ९ सन्तानलाई जन्म दिएकी हुन् ।
नौजना जीवित जुम्ल्याहा सन्तानलाई जन्म दिएर उनले पहिलोपट नौ जिवित सन्तानलाई जन्म दिने आमाको रुपमा गिनिज वर्ल्ड रेकर्डसमेत राखेकी छिन् । पाँच छोरी र चार छोरा सहित नौँ जनालाई हालिमाले जन्म दिएकी हुन् ।
२६ वर्षको उमेरमा उनले नौ सन्तानलाई प्रिमेचुअर अवस्थामा नै जन्म दिएकी थिइन् । गर्भमा रहेको तीस हप्तामा जन्मिएका ती बच्चाहरु जन्मँदा ५०० ग्रामदेखि एक केजीसम्म तौलका थिए ।
गर्भमा नौ सन्तान रहेको थाहा भएपछि उनी मोरोक्कोमा विशेष सुविधा सहित सुत्केरी हुन पुगेकी थिइन् । सन्तान जन्मिएको १९ महिनासम्म उपचारपछि मात्र उनी नौ सन्तानसहित घर बमाकोमा फर्किएकी थिइन् । श्रीमान अब्देल्कदेर अर्बीको साथमा हालिमाले आफ्ना नौ सन्तानहरुको हेरचाह गरिरहेकी छन् ।
एकैपटक नौजना सन्तान जन्मिएपनि सबै बच्चाहरुको स्वभाव र व्यवहार एक अर्काबाट अलग रहेको गिनिज वर्ल्ड रेकर्ड होल्डर दम्पति बताउँछन् ।
प्रतिक्रिया