सर्लाहीमा छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा बाग्मती नगरपालिका २ डुमरी टोल बस्ने २० वर्षीय दिपशरण चालिसे र बाराको कोल्हबी नगरपालिका १ बस्ने ६५ वर्षीय निल बहादुर प्रसाई रहेको प्रहरीले बताएका छन् ।
गएराति करिब साढे ११ बजे हरिवन नगरपालिका १० सुखेपोखरीस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जादैँ गरेको ना ६ ख ४९८९ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ६४ प ६०२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।दुर्घटनामा मोटरसाइकल चालक चालिसेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिएका छन् । उनकाअनुसार ठक्कर दिने ट्रकसहित ट्रक चालक इश्वरपुर नगरपालिका-१३ श्रीपुर बस्ने २६ वर्षीय सोलिन्द्र कुमार कुश्वाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
करिब मंगलबार दिउँसो साढे ३ बजे बाग्मती १ मिलन चोकस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ९१ प ९३६२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार प्रसाईँको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले बताएको छ।यस्तै उनका छोरा मोटरसाइकल चालक ३६ वर्षीय राजु प्रसाईँको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया