काठमाडौं– नेपाली कांग्रेसकी सांसद शान्ति विकले प्रधानमन्त्री पत्नीको नाममा मेडिकल कलेज स्थापना गर्न छुट्याएको बजेट देशको लागि नभएको बताएकी छिन् । बुधबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफलमा बोल्दै उनले यस्तो बताइन् ।
उनले भनिन्, ‘प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको नाममा रकम नतोकीकन सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एन्ड युनिक साइन्स कलेज स्थापना गर्ने भनिएको छ । भोली जनताले देशप्रति उहाँको के योगदान थियो कि उहाँको नाममा हामीले ऋण बोकिदिनुपर्ने भनेर प्रश्न गर्न सक्छन् । उहाँ एक असल गृहिणी हुनुहुन्थ्यो । उहाँको योगदान माओवादी पार्टीको लागि छ ।’
यसरी बजेट प्रधानमन्त्रीको नाममा छुट्याएकाे र सो बजेट देशको लागी नभइ पार्टी र कार्यकर्ताको लागि रहेको उनले बताइन् ।
आगामी आर्थिक वर्षमा वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ जुटाइने र आन्तरिक ऋण ३ खर्ब ३० अर्ब व्यहोर्ने उल्लेख भएको तर ऋण तिर्ने आधार नदेखाइएको उनले बताइन् ।
प्रतिक्रिया