काठमाडौं– उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर विदुर सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पीडित बालिकाको उमेर १३ वर्ष भएको बताइएको छ।
काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा सचेतनामुलक अभियान चलाइरहेको थियो । अभियानमा क्रममा ती बालिकाले आफूमाथि यौन दुर्व्यवहार र कुटपिट हुने गरेको बताएकी थिइन्। सोही आधारमा इन्स्पेक्टर सिवाकोटीलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया