काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्ड भारत जाने भएका छन् । मोदीको तेस्रो प्रधानमन्त्री कार्यकालको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने भएका हुन् ।
भारतीय सत्ता निकट पत्रकार सुधीर चौधरीका अनुसार मोदीले सार्क राष्ट्रका सदस्य राष्ट्रलाई सपथ ग्रहणमा सहभागीता जनाउन बोलाएका छन् । उनले
पाकिस्तान र अफगानस्थानबाहेक सार्कका सबै राष्ट्रलाई सपथ ग्रहणमा सहभागी हुन निम्तो दिएका छन् ।
मोदीको सपथ ग्रहण जुन ८ अर्थात् शनिबार हुँदैछ । शनिबार नयाँ कार्यकालको सपथ ग्रहण गर्न लागेका मोदीले दोस्रो कार्यकालबाट बुधबार नै राजिनामा दिएका छन् । उनको राजिनामा भारतको राष्ट्रपति मुर्मुले प्रधानमन्त्री मोदीले दिएको राजीनामा स्वीकृत गरिसकेकी छन्।
भारतको लोकसभा निर्वाचनको मतपरिणाम मंगलबार सार्वजनिक भएको थियो।
मतपरिणामअनुसार भारतीय जनता पार्टीले एक्लै बहुमत ल्याउन सकेको छैन। तर भाजपा नेतृत्वको एनडिए गठबन्धनले २९३ सिट जितेको छ। बहुमत र सरकार गठनका लागि २७२ सिट आवश्यक हुन्छ। विपक्षी गठबन्धन इन्डियाले २३४ सिट जितेको छ। एनडिए गठबन्धनबाट मोदी तेस्रोपटक प्रधानमन्त्री बन्न लागेका हुन् ।
प्रतिक्रिया