मकवानपुर जिल्ला रेफ्री संघको अध्यक्ष अकिललाल श्रेष्ठको निधन भएको छ ।बुधवार राती हृदयाघातका कारण ४० वर्षीय श्रेष्ठको मृत्यु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामाले बताएका छन् ।अचानक छाती दुखेपछि सामान्य उपचार गरेर फर्केका श्रेष्ठको राती अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाने क्रममा बाटोमा नै निधन भएको लामाको भनाइ रहेको छ ।
हेटौँडा १३ स्थायी घर भएका श्रेष्ठ मकवानपुरमा हुने अधिकांश फुटबल गतिविधिमा सक्रिय सहभागिता जनाउने गर्दथे ।उनको आजै हेटौँडामा अन्त्येष्टि गरिएको हो । जिल्ला फुटबल संघले आज जिल्लामा हुने सबै फुटबलको गतिविधि बन्द गरेको छ ।
प्रतिक्रिया