रुकुममा भिरबाट लडेर ४६ वर्षीय शिक्षकको मृत्यु


 

रुकुम पश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–१० पेउघाका ४६ वर्षीय शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको छ । बुधबार विद्यालयबाट घर फर्किएपछि उनी खेतमा कुलोबाट पानी सिँचाइका लागि गएका हुन् । रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नवराज पोख्रेलका अनुसार कुलोबाट खेतमा पानी लगाई फर्किने क्रममा बेलुकी करिब पाँच बजेतिर उनी भिरबाट लड्न पुगेका हुन् ।

गम्भीर अवस्थामा उद्धार गरी खड्कालाई आफन्तले उपचारको लागि जिल्ला अस्पताल सल्ले पुर्‍याएका थिए। तर, तत्कालै चिकित्सकले उनलाई मृत घोषणा गरी दिएका हुन् । खड्काले स्थानीय बाल कल्याण माध्यमिक विद्यालय टोड्केमा पढाउँदै आएका हुन्