काठमाडौं– नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई पक्राउ गरेको हो।
बालमन्दिरलाई हानी पुग्नेगरी जग्गा भाडामा दिएको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । अनाथ र सहाराहीन बालबालिकाको संरक्षणका गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा लामो समयसम्म व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै जाहेरी परेको हो ।
यो प्रकरणमा वैशाख २७ गते पूर्वउपाध्यक्ष श्रेष्ठसहित २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
तत्कालीन अध्यक्ष रिता सिंह, महाचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, मनोहरगोपाल श्रेष्ठविरूद्ध पुर्जी जारी भएको छ ।
बाल मन्दिरको नक्सालमा रहेको करिव २९ रोपनी जग्गा वृहस्पति विद्या सदनलाई लिजमा दिइएको छ । २०५९ सालमा उक्त जग्गा २०८९ सालसम्म भाडामा लिनेदिने सम्झौता भएको थियो । लिज सम्झौताको अवधि सकिन १७ वर्ष बाँकी हुँदै २०७२ सालमा थप ३८ वर्षका लागि सो जग्गा वृहस्पति विद्या सदनले भोगचलन गर्न पाउने गरी सम्झौता भएको छ । विसं २१२७ सालसम्म उपभोग गर्न पाउनेगरी लिज सम्झौता गरेको हो ।
प्रतिक्रिया