काठमाडौं– नेपाली सेनाले एक प्रमुख सेनानीलाई नियन्त्रणमा लिएको छ । जंगीअड्डास्थित सैनिक प्रहरीले प्रमुख सेनानी धिरेन्द्र कुमार मल्ललाई हिरासतमा लिएको हो ।
मल्ल अमेरिकाको न्यूयोर्कको संयुक्त राष्ट्र संघमा नेपाली सैनिकबाट प्रतिनिधिका रुपमा कार्यरत थिए । उनीबारे उजुरी परेपछि छानबिनका लागि नेपाल फिर्ता बोलाएर नियन्त्रणमा लिएको हो ।
उनलाई नियन्त्रणमा लिएर छानबिन गरिरहेको नेपाली सेनाले जनाएको छ । प्रमुख सेनानी मल्ललाई हिरासतमा राख्नुको कारण भने नेपाली सेनाले खुलाएको छैन ।
प्रतिक्रिया