दाङ– तुलसीपुर उपमहानगरपालिकामा एक सेनाले पूर्व श्रीमितको खुकुरी प्रहार गरेर हत्या गरेका छन् । तुलसीपुर–६ सुकौरा रोडमा ३६ वर्षीय शालिकराम बुढाथोकीले केहीदिन अघि छोडपत्र गरेकी श्रीमतिको हत्या गरेका हुन् ।
सेनाको ज्वालदल गण बारामा कार्यरत शालिकरामले शुक्रबार बिहान २७ वर्षीया श्रीमती टीका बुढाथोकीलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी टीकालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पु¥याइएको थियो । अस्पतालमा उनको मृत्यु भएको हो ।
हत्यामा संलग्न बुढाथोकी शान्तिसेनाबाट केहि समयअघि मात्र नेपाल फर्किएका थिए । शान्तिसेनाबाट फर्किँदा श्रीमति परपुरुषसँग प्रेम सम्बन्धमा रहेको थाहा भएपछि सम्बन्धबिच्छेद गर्ने निर्णय गरेका थिए ।
गत जेठ १४ गते बुढाथोकी दम्पतिबिच छोडपत्रको सहमतिमा हस्ताक्षर भएको थियो । तर आर्थिक लेनदेन मिलाउन बाँकी थियो । त्यही लेनदेन मिलाउन भन्दै शालिकराम शुक्रबार बिहान टीकाको कोठामा पुगेका थिए ।
आर्थिक लेनदेनको विषयमा झगडा सुरु भएको थियो । झगडाको बिचमा उनले पूर्व श्रीमति र उनको प्रेमी माथि खुकुरी प्रहार गरेका हुन् । अछाम घर भएका आर्यन थापालाई पूर्व श्रीमतिको प्रेमी रहेको खुलेको छ । थापा नेपाली सेनाको तुलसीपुरस्थित १९ नम्बर बाहिनीका सिपाही हुन् । घाइते भएका दुईजनालाई नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि पु¥याइएको थियो । उपचारकाको क्रममा टिकाको मृत्यु भएको छ भने आर्यन उपचाररत छन् । शालिकराम र टीकाबीच छोडपत्र भएपछि आर्यन र टिका बिहे गर्ने तयारीमा रहेको जनाइएको छ ।
घटनापछि शालिकरामलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया