अख्तियार दुरुपयोग एक जना नापी सर्वेक्षकलाई घुससहित पक्राउ अनुसन्धान आयोगले एक जना नापी सर्वेक्षकलाई घुससहित पक्राउ गरेका छन्। कपिलवस्तु नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्तालाई शुक्रबार ५० हजार घुससहित पक्राउ गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन्।
उनले जग्गा कित्ताकाट गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना अख्तियारले पाएको थियो। उजुरीको आधारमा बुटवलस्थित अख्तियारको टोली खटिएको थियो। टोलीले स्टिङ अपरेसन गरी गुप्तालाई सेवाग्राहीबाट ३५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा खुलेको थियो।
प्रतिक्रिया