काठमाडौँ – कान्तिपुर मिडिया ग्रुपका सीईओ सम्भव सिरोहियाले कान्तिपुरलाई समाचार लुकाउन गृहमन्त्री रवि लामिछानेले असफल प्रयास गरेको आज दाबी गरेका हुन् । सिरोहियाको यस्तो दाबीबारे गृहमन्त्री लामिछानेले अनभिज्ञता दर्साएका छन् ।
आज संसदीय समितिबाट फर्किने क्रममा उनले आफूले सिरोहियाको भिडिओ हेर्ने जानकारी दिएका छन् । उनले भने, ‘मैले भिडिओ हेरेको त छैन, अरूबाट सुनेको चाहिँ हो । त्यस्तो भन्ने मान्छेले प्रमाण पनि ल्याइदिनुहोला नि त । सिरोहियाले कान्तिपुरमा सहकारी काण्डको समाचार लुकाउनमा र मिलाइदिनका लागि गृहमन्त्रीले अनुरोध गरेको आरोप लगाएका थिए । आफूहरूले नमानेपछि मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको उनको दाबी रहेको छ ।
प्रतिक्रिया