काठमाडौं– अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलमा १४ वटा खच्चड अड्किएका छन् । झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड फसेका हुन् ।
अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने पुलको लठ्ठा चुडिँदा खच्चड फसेका छन् ।
लठ्ठा चुँडिपछि पुलबाट मानिसहरुको आवतजावतमा समेत समस्या पुगेको छ ।
घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । झोलुङ्गे पुल बनाउने मिस्त्री बोलाएर फलामको रड लगाइ उद्धार गर्ने प्रयास भइरहेको छ ।
प्रतिक्रिया